सोनादा घटनालाई लिएर नारी मोर्चाद्वारा खरसाङ थानामा प्राथमिकी दर्ता

खरसाङ: सोनादामा भएको घटनालाई लिएर बिमलपन्थी नारी मोर्चाद्वारा खरसाङ थानामा एउटा प्राथमिकी दर्ता गरेको छ। सोनादामा भएको घटनामा बिमलपन्थी गोजमुमो अध्यक्ष बिमल गुरुङलाई केही नभए तापनि पार्टी कार्यकर्ताहरूमाथि प्राणघातक हमला गरिएको आरोप लगाउँदै दोषीहरूलाई चाँडै पक्राउ गरिनु पर्ने मागमा नारी मोर्चाको तर्फबाट खरसाङ थानामा प्राथमिकी दर्ता गरिएको खरसाङमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। बिमलपन्थी नारी मोर्चा केन्द्रीय समितिका संयोजक शकुन्तला लामाले खरसाङमा पत्रकार सम्मेलन गरेर गत सोमबार साँझ सोनादामा भएको घटनालाई लिएर खरसाङ थानामा प्राथमिकी दर्ता गरेको र दोषीहरूलाई पक्राउ गरेर झट्टै कार्वाही गरिनु पर्ने माग गर्दै 24 घण्टाको अल्टिमेटम दिएको छ भने त्यस अवधिमा दोषीहरूलाई पक्राउ नगरे नारी मोर्चाले ठोस कदम उठाउने चेताउनी दिएको छ। नारी मोर्चाले अगणतान्त्रिक रूपमा होइन तर गणतान्त्रिक ढङ्गमा सही निर्णय लिएर अघिल्लो कदम चाल्ने छ भनी गोजमुमो नारी मोर्चा नेत्री शकुन्तला लामाले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş