सोनादाका समीप सेञ्चुरीलाई वेस्ट बेङ्गाल स्टेट अवार्ड 2021-22 प्रदान

सोनादा (निसं): सोनादाको डीबी रोड निवासी एवं सलेसियन कलेज सोनादाका प्राध्यापक साथै एनएसएस कार्यक्रम अफिसर समीप सेञ्चुरीलाई वेस्ट बेङ्गाल स्टेट अवार्ड 2021-22 प्राप्त भएको छ। पश्चिम बंगाल राज्यको उच्च शिक्षा विभाग अन्तर्गत एनएसएस सेल अनि रामकृष्ण मिशन विद्या मन्दिरा, बेलुरमाता हावडाको आयोजनामा सम्पन्न एउटा कार्यक्रममा तिनलाई उक्त अवार्ड प्रदान गरिएको छ। उक्त कार्यक्रममा पश्चिम बंगाल राज्यको पब्लिक इन्सटक्टर डायरेक्टर डा. जयश्री रोय, राज्य एनएसएस अफिसर डा. रामाप्रसाद भट्टाचार्य, पश्चिम बंगालको रिजनल डायरेक्टर एनएसएस विनय कुमार आदिको उपस्थितिमा समिप सेञ्चुरीलाई बेस्ट एनएसएस कार्यक्रम अफिसरको अवार्ड प्रदान गरिएको छ।


त्यसरी नै सलेसियन कलेज सोनादाको प्राचार्य फादर जर्ज थडाथिललाई पनि बेस्ट एनएसएस युनिट अवार्ड प्रदान गरिएको जानकारी प्राप्त भएको छ। समीप सेञ्चुरी सोनादाको डीबी रोड निवासी सुदन सेञ्चुरीको छोरा समीप सेञ्चुरीलाई उक्त अवार्ड प्रदान गरिएको छ। स्मरण रहोस, समीप सेञ्चुरीले गत गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीमा सम्पन्न परेडमा पश्चिम बंगाल राज्यको नेतृत्व गरेका थिए।


One thought on “सोनादाका समीप सेञ्चुरीलाई वेस्ट बेङ्गाल स्टेट अवार्ड 2021-22 प्रदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom