सोनादाको रंगबुकको रियल क्लबद्वारा शहीद वेदीमा 75औँ स्वतन्त्रता दिवस पालन

सोनादा: भारतको 75औं स्वतन्त्रता दिवस विभिन्न संघ संस्थाहरू र अन्यले विविध कार्यक्रमको साथमा पालन गर्यो। तर सोनादाको रंगबुकको रियल क्लबले स्वतन्त्रता दिवस शहीदको स्मृतिमा पालन गर्दै शहीद वेदीमा नै झण्डा उत्तोलन गरेर पालन गर्यो। रियल रंगमुक क्लब बगलधुराको आयोजनामा 75औँ स्वतन्त्रता दिवसको अवसरमा कारगिलमा शहीद भएका उक्त क्षेत्रका अरुण कुमार राईको शहीद वेदीमा गएर शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै पालन गर्दै शहीद वेदीमा नै झण्डा उत्तोलन गरियो।


यसको साथै कारगिलमा शहीद भएका अरूण कुमारको माता पितालाई शल ओढ़ाएर सम्मान जनाइयो। यस  अवसरमा रियल रंगबुक क्लबको सल्लाहकारले केही दिन अघि 27 जुलाईमा हामीले जातिको निम्ति शहीद भएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै शहीद दिवस पालन गरेको र आज स्वतन्त्रता दिवसको अवसरमा पनि देशको लागि शहीद भएका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै स्वतन्त्रता दिवस पालन गरेको बताए। तिनले शहीद कसैको पेवा हुँदैन र आज हामीले कारगिलमा शहीद भएका अरूण कुमारको स्मृतिमा स्वाधीनता दिवस पालन गरेको भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *