सोनादामा चोरी भएको स्कुटरसहित दुईजना पक्राउ

सोनादा: सोनादामा चोरी भएको स्कुटरसहित दुईजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 20 दिसम्बरको दिन सोनादा क्षेत्रबाट स्कुटर चोरी भएपछि स्कुटरका मालिकले गत 22 दिसम्बरमा सोनादा पुलिस आउट पोष्टमा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको क्षेत्रको सीसीटीभी फुटेजको आधारमा केही घण्टाको अवधिमै चोरी भएको स्कुटर उद्धार गर्नको साथै दुईजना युवकलाई पनि पक्राउ गरेको छ। पक्रा परेका दुईजना आरोपीलाई दार्जिलिङ जिल्ला कोर्टमा पेश गरेर पुलिस हिरासतमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *