सोनादा : सोनादा ट्राफिक पुलिसको आयोजनामा आज ट्राफिक सुरक्षा सप्ताह पालन गरियो। यस अवसरमा सोनादा रेलवे स्टेशनदेखि एउटा सचेतना ऱ्यालीको पनि आयोजना गरियो। उक्त ऱ्यालीमा सामेल पुलिस कर्मी तथा सिभिक भोलेन्टियरहरूले हातमा प्ला कार्ड बोकेर सोनादा बजार परिक्रमा गर्दै ट्राफिक सुरक्षा विषयमा मानिसहरूलाई सचेतना गरे। उक्त कार्यक्रममा सोनादा ट्राफिक ईन्चार्ज जनाधन यादव, एएसआईहरू क्रमैले आनन्द प्रधान, मनोज तामाङ, धनागोपाल साथै सिभिक पुलिसहरू लगायत चालकहरू उपस्थित थिए।
