सोनादा ट्राफिक पुलिसको अभियान

सोनादा : सोनादा ट्राफिक पुलिसका ओसी सञ्जीव दत्तको अगुवाईमा ट्राफिक एएसआई मनोज तामाङ, एएसआई धनागोपाल तथा सिभिक भोलेन्टियर्सहरूको सहयोगमा सोनादाको ट्राफिक व्यवस्था राम्रो बनाउने पहल शुरू गरिएको छ। यसको साथै सोनादालाई ड्रग मुक्त बनाउने उद्देश्य लिएर वाहन, बाइक, स्कुटीको जाँच कार्य जारी छ। यस अवधि वाहनको कागज पत्रहरू जाँच गर्दै कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर कोरोनाको नियमलाई पालन गरिएको छ वा छैन भन्नेबारे जाँच गरिरहेको छ। यस अवसरमा ट्राफिक पुलिसको तर्फबाट मानिसहरूलाई जागरूक गरिरहेको जानकारी प्राप्त भएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *