सोनादा वेलफेयर सोसाइटी-द्वारा रक्तदान शिविरको आयोजना

सोनादा: सोनादा वेलफेयर सोसाइटीको आयोजनामा आज सोनादाको स्कट मिशन प्राथमिक पाठशालामा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा मोठ 70 युनिट रगत संग्रह गरियो। उक्त शिविरमा रक्तदान गर्नेहरू सबैलाई अतिथिहरूको बाहुलीबाट प्रमाण पत्रहरू पनि वितरण गरियो। सोनादा वेलफेयर सोसाइटीले आफ्नो स्थापनापछि पहिलो सामाजिक कार्यको रूपमा यो रक्तदान शिविरको आयोजना गरेको बताइएको छ। कोरोना महामारीमा रगतको बेसी आवश्यकता पर्ने भएकोले रक्तदान शिविर आयोजना गरेर सोनादा क्षेत्रमा सामाजिक कार्यको थालनी गरेको छ। रक्तदान शिविरपछि पत्रकारहरूसित कुराकानी गर्दै सोनादा वेलफेयर सोसाइटीका थेलेन लामाले सोनादा वेलफेयर सोसाइटी भर्खरै गठन गरिएको संस्था रहेको र हाल कोरोना महामारीलाई ध्यानमा राखेर आफूहरूले रेड क्रस सोसाइटीसित मिलेर रक्तदान शिविरको आयोजना गरेको बताए। तिनले उक्त संस्था सामाजिक कार्य गर्ने उद्देश्यले गठन गरिएको संस्था रहेको बताउँदै भविष्यमा अझ विभिन्न प्रकारले सामाजिक कार्यहरू गर्दै जाने तिनले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *