सोनादा वेलफेयर सोसाइटीद्वारा नेहुर बालासन चियाबारीका पैह्रो पीडित परिवारलाई सहयोग

सोनादा: सोनादा वेलफेयर सोसाइटीले आज नेहुर बालासन चियाबारीको बीच गाउँमा पैह्रो पीडित परिवारका सदस्यहरूसित भेट गरेर केही सहयोग गरेका छन्। गत अक्टोबर महिनामा अविरल वर्षाको कारण पैह्रो जाँदा नेहुर बालासन बीच गाउँ निवासी जयन्ती मगरको घर पैह्रोले क्षतिग्रस्त पारिदिएको थियो। उक्त घर मगर विकास बोर्डद्वारा निर्माण गरे तापनि पूर्ण नभएको त्यहीँमाथि अक्टोबर महिनामा अविरल वर्षाले गर्दा पैह्रो जाँदा जयन्ती मगरको घरको भित्ता पैह्रोले भत्काएको थियो। उक्त दिन जयन्ती मगरको घरमा छोरी सुत्ने कोठामा कोही नभएको समय कोठा पैह्रोले भत्काए तापनि तिनीहरू भाग्यले बाँचेको जयन्ती मङरकी छोरीले बताइन्। उक्त घटना सुनेर सोनादा वेलफेयर सोसाइटीका सदस्यहरू आज नेहुर बालासन बीच गाउँ पुगेर पैह्रो पीडित परिवारसित भलाकुसारी गर्दै तिनीहरूको घरको भित्तामा देवाल लगाउनको निम्ति चार गाडी ढुङ्गा अनि केही राशन सहयोग गरेका छन् भने उक्त टोलीले अर्को पैह्रो पीडितलाई पनि राशन सहयोग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *