सोनादा युवा क्लबद्वारा गाउँ-घर सरसफाई अभियान

सोनादा: सोनादा युवा क्लबले आज डाँडा गाउँ परिसर सर-सफाई गर्यो। आफ्नो गाउँ आफैले सफा गरे गाउँ सुन्दर हुन सक्ने साथै कोरोना र अन्य बिमारीहरूबाट पनि गाउँ र गाउँवासीलाई केही हदसम्म टाढा राख्नसक्ने भन्दै क्लबका सबै सदस्यहरूले आज डाँडा गाउँ परिसरमा सर-सफाई गरे। गाउँ-घरका मानिसहरूले फ्याँकेको फोहोर-मैलालाई व्यवस्थित गर्ने, घर वरिपरिको खाल्डाहरूमा पानी जम्न नदिने, बाटो-घाटो र नाला-झोडा सफा गरी प्रदुषणबाट पनि बाँच्न तथा फोहोर व्यवस्थापन गरी नमुना गाउँ निर्माण गर्न अभियान थालिएको क्लबका  सदस्य वीरेन्द्र प्राधानले बताएका छन्। हाल कोभिड 19-को समयमा गाउँ-घरको सरसफाई गर्न आवश्यक रहेको र विशेष सोनादा बजार नियन्त्रण क्षेत्रमा आएकोले झन् यस्तो सरसफाई कार्य अति नै महत्वपूर्ण रहेको क्लबका प्रवक्ता प्रवीन छेत्रीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş