सौरभ गाङ्गुलीको सुस्वास्थ्यको कामना गर्दै सिलगढीमा यज्ञको आयोजना

सिलगढी : बीसीसीआई अध्यक्ष तथा पूर्व भारतीय कप्तान सौरभ गाङ्गुली अस्वस्थ भएर अस्पतालमा भर्ना भएको खबर सुनेपछि सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गनाइजेशनको तर्फबाट तिनको सुस्वास्थ्यको कामना गर्दै आज एउटा यज्ञको आयोजना गरियो। उक्त अर्गनाइजेशनका सदस्यहरूले सिलगढीको महानन्दा पाड़ास्थित विद्याचक्र कालीबारी एउटा यज्ञको आयोजना गरेर तिनको सुस्वास्थ्यको कामना गरे। स्मरण रहोस्, बीसीसीआई अध्यक्ष तथा पूर्व भारतीय कप्तान सौरभ गाङ्गुली हिजो हृदयाघातले गर्दा अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरेर तिनको एन्जियोप्लास्टी गरिएको बताइएको छ। तिनी अस्वस्थ्य भएको थाहा पाएपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अस्पताल पुगेर तिनीसित भेट गर्नको साथै तिनको स्वास्थ्यबारे जानकारी लिइन्। हाल तिनको स्वास्थ्यमा सुधार आएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *