सौरेनीको सिङ्गबुलीमा द्वारे सरकार कार्यक्रम

मिरिक: द्वारे सरकार कार्यक्रम अन्तर्गत तेस्रो चरणको शिविर सौरेनी समष्टि अन्तर्गत सिङ्गबुली दोस्रो गाउँ सर्वाजनिक भवनमा सम्पन्न भयो। शिविरमा विभिन्न विभागहरुद्वारा जनतालाई पर्याप्त सहयोग एवं सेवा प्रदान गर्न विभागीय कर्मचारीहरु गम्भीरतापूर्वक लागी परेका थिए भने कृषि विभागका कर्मचारी दुस्यन्त प्रधानले विभागले किसानहरुलाई पर्याप्त सेवा प्रदान गरिरहेको जानकारी दिए । यता, शिविरमा  लोक प्रसार विभाग सौरेनी ग्राम पञ्चायत दुई-का कलाकारहरुले सुमधुर प्रस्तुती दिएका थिए। राज्य सरकारद्वारा प्रदत्त साहुलियतहरुलाई सहजै उपलब्ध गराउन शिविरमा कर्मचारीहरुले मानिसहरुलाई सेवा प्रदान गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *