कुचबिहार : स्पेशल होम गार्डको नियुक्ति चाँडै गरिनुपर्ने मागमा आज केएलओ एवम् केएलओ लिङ्कम्यान कल्याण समितिका सदस्यहरूले कुचबिहार जिल्लाशासक कार्यालयअघि धरना प्रदर्शन गरे। संगठनका सदस्यहरूले आज कुचबिहार सहरमा एउटा रैली निकालेर जिल्लाशासक कार्यालयमा पुगेपछि विरोध प्रदर्शन गर्नको साथै धरनामा बसेका छन्। स्मरण रहोस्, राज्यका मुख्यमन्त्रीले आत्मसमर्पण गरेका केएलओ तथा केएलओ लिङ्कम्यानलाई स्पेशल होम गार्डको रूपमा नियुक्ति दिने घोषणा गरेको थियो। दुईपल्ट स्पेशल होम गार्डको नियुक्ति गरे तापनि रहल 151 जना केएलओ तथा केएलओ लिङ्कम्यानहरूको नियुक्ति गत 3 वर्षदेखि गरिएको छैन। यसैले 151 जना केएलओ तथा केएलओ लिङ्कम्यानहरूलाई चाँडै नियुक्ति गरनिपर्ने माग गर्दै आज संगठनका सदस्यहरूले विक्षोभ तथा धरना प्रदर्शन गरेको बताइएको छ।
Cooch Behar, North Bengal, Uncategorized
स्पेशल होम गार्डको नियुक्ति चाँडै गरिनुपर्ने मागमा केएलओ एवम् केएलओ लिङ्कम्यानद्वारा कुचबिहार जिल्लाशासक कार्यालयअघि धरना
23
Feb
Feb