सृष्टि फाउन्डेसनद्वारा शव बोक्ने वाहन र एम्बुलेन्स परिसेवा शुरू

सिलगढी : न्यु जलपाईगढी अम्बिकानगरको सृष्टि फाउन्डेसनको तर्फबाट कोरोना महामारीको समय मानिसहरूले भोग्न परेको विविध असुविधाहरूलाई ध्यानमा राखेर आजदेखि दुईवटा शव लैजाने वाहन र एउटा एम्बुलेन्स परिसेवा शुरू गरेको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज यसको उद्घाटन गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै गौतम देवले भने, उक्त संस्थाको तर्फबाट कोरोना संक्रमितहरूको लागि कम्ती मूल्यमा एम्बुलेन्स परिसेवा प्रदान गर्नको साथै दबाई तथा खानेकुरोहरू कोरोना संक्रमितहरूलाई पुर्‍याइदिइनेछ।


सृष्टि फाउन्डेसनको तर्फबाट हाल उक्त एम्बुलेन्स परिसेवामा कम्ती मूल्य लिइने बताइए तापनि निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गरोस् भन्ने विषयमा उक्त संस्थासित कुराकानी गर्ने तिनले बताए। हाल कोरोनाको दोस्रो लहरले देशभरिझैँ यता सिलगढीमा पनि धेरैजना मानिसहरू संक्रमित भइरहेका छन् भने मृत्यु दर पनि बढ्दै गइरहेको छ। न्यु जलपाईगढी अम्बिकानगरको सृष्टि फाउन्डेसनले धेरै दिन अघिदेखि विविध समाजमूलक कार्यहरू गर्दै आइरहेको छ भने आजदेखि एम्बुलेन्स परिसेवा पनि शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *