एसएसबी 8औँ वाहिनी खप्रेल-द्वारा साइकल र्‍यालीको आयोजना

सिलगढी :  आठौँ वाहिनी सशस्त्र सीमा बल खप्रेल-द्वारा फिट रहो इन्डिया अन्तर्गत साइकल र्‍यालीको आयोजना गरियो। 15 किमीको उक्त साइकल र्‍यालीमा 70 भन्दा अधिक जवानहरूले अंश ग्रहण गरेका थिए। प्रधानमन्त्रीको अति महत्वाकांक्षी फिट इन्डिया कार्यक्रम अन्तर्गत आज आयोजित कार्यक्रममा एसएसबीका लगभग 70 जवानहरूले कोविड 19 -को सबै निर्देशहरू पालन गर्दै अंश ग्रहण गरेका थिए।


एसएसबी आठौं वाहिनीका कमान्डेन्ट अरूण कुमार सिंहले देशका प्रधानमन्त्रीको महत्वाकांक्षी विचारधारा फिट इन्डियाको मन्त्र दौड़, साइकल र्‍याली, साफ सफाई अभियान-द्वारा एउटा स्वस्थ राष्ट्रको निर्माण हुनेछ भनी बताए। स्मरण रहोस्, आठौँ वाहिनीको तर्फबाट हिजो उत्तर बंगाल मेडिकल कलेज परिसरमा  साफ-सफाई  अभियान चलाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet