एसएसबीद्वारा सीमा क्षेत्र भातगाउँ लगायत विभिन्न ठाउँमा गस्ती

खोरीबारी : एसएसबी 41औँ बटालियनको भातगाउँ बी कम्पनीका इन्स्पेक्टर सत्यनारायणको नेतृत्वमा जवानहरूद्वारा आज यहाँको विभिन्न क्षेत्रहरूमा पेट्रोलिङ अभियान चलाइयो। प्राप्त जानकारीअनुसार कोरोना महामारीलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा जारी लकडाउन अवधि सीमामा आवागमन रोक्न, राष्ट्रविरोधी तत्वहरू तथा अवैध गतिविधिहरूमाथि अंकुश लगाउने, गाउँलेहरूसित समन्वय स्थापित गर्न उद्देश्यले आज एसएसबी 41औँ बटालियनको भातगाउँ बी कम्पनीका इन्स्पेक्टर सत्यनारायणको नेतृत्वमा जवानहरूद्वारा पेट्रोलिङ अभियान चलाइएको बताइएको छ। भारत नेपाल सीमा तथा संलग्न इलाकाहरूमा अवैध गतिविधिहरूमाथि अंकुश लगाउन आदिलाई लिएर एसएसबी 41औँ बटालियनको बी कम्पनी भातगाउँ क्याम्पका जवानहरू तत्पर छन्। जवानहरूद्वारा सीमामा लगातार पेट्रोलिङ गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *