एसएसबी फ्रण्टियर सिलगढ़ीद्वारा 71औ गणतन्त्र दिवस पालन

नक्सलबारी: एसएसबी फ्रण्टियर सिलगढ़ीले 71औ गणतन्त्र दिवस एसएसबी रानीडांगा, सिलगढ़ीको टिस्टा स्टेडियममा रंगारंग कार्यक्रमको साथमा पालन गऱ्यो। यस अवसरमा फ्रण्टियर सिलगढ़ीका महानिरीक्षक श्रीकुमार बंदोपाध्यायले भारत-भूटान अनि भारत-नेपाल सीमावर्ती क्षेत्रमा बसोबासो गर्ने अनि एसएसबी कर्मी तथा तिनीहरूका परिवारका सदस्यहरूलाई 71औ गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक बधाई दिए। यसको साथै देश स्वतन्त्रताको लड़ाईमा प्राणको आहुती दिने वीर शहीदहरीलाई पनि तिनले श्रद्धाञ्जलि अर्पण गरे।


तिनले सिमाना क्षेत्रमा एसएसबीका जवानहरू मानव तस्करी, अन्य तस्करी साथै अवैध गतिविधिहरूलाई रोक्नको लागि सदैव तैनाथ रहेको साथै सिमाना क्षेत्रका मानिसहरूलाई विविध सुविधा एवम् सहयोग पुऱ्याइरहेको पनि अवगत गराए। यस कार्यक्रममा फ्रण्टियर हेडक्वार्टर सिलगढ़ी, सेक्टर हेडक्वार्टर रानीडांगा अनि 41औ बीएन रानीडांगाका एसएसबी अधिकारीगण, जवानहरूसहित तिनका परिवारका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet