एसएसबीको तर्फबाट 75औँ स्वतन्त्रता दिवस पालन

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको सबै क्याम्पहरूमा कोभिड नियमहरू पालन गर्दै 75औँ स्वतन्त्रता दिवस हर्षोल्लास, जोश तथा उत्साहको साथमा पालन गरियो। एसएसबीको सबै क्याम्पमा निर्धारित समयमा ध्वजारोहण गरियो। एसएसबी 41औँ बटालियनको पानीट्याङ्की, मदनजोत, रामधनजोत, भातगाउँ, कदोमनी जोत, निम्बुगुड़ी लगायत सबै क्याम्पहरूमा स्वतन्त्रता दिवसको अवसरमा झण्डा उत्तोलन कार्यक्रमको आयोजना गरिय।


पानीट्याङ्कीमा असिस्टेन्ट कमान्डेट हरजीत राव, कदोमनी जोतमा इन्स्पेक्टर विवेक शर्मा, भातगाउँ कम्पनी क्याम्पमा इन्स्पेक्टर पल्लव दास, मदनजोतमा इन्स्पेक्टर प्रदीप बर्मन आदिले राष्ट्रिय झण्डा उत्तोलन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *