एसएससी भ्रष्टाचार: योग्य उम्मेदवारहरूको नोकरी पुनः बहाल गर्ने मागमा एआईडीएसओ-को प्रदर्शन

सिलगढी, 8 अप्रेल (निसं): एसएससी भर्ती भ्रष्टाचारका दोषीलाई सजाय दिने मागमा एआईडीएसओ दार्जिलिङ जिल्ला समितिको तर्फबाट आज सिलगढीको कोर्ट मोडमा विरोध प्रदर्शन गऱ्यो। 2016 को एसएससी प्यानल रद्द भएपछि लगभग 26 हजार शिक्षक र अशिक्षण कर्मचारीहरूले आफ्नो नोकरी गुमाए। सर्वोच्च अदालतको निर्णयपछि सम्पूर्ण राज्यमा विरोध प्रदर्शन शुरु भएको छ। एआईडीएसओ दार्जिलिङ जिल्ला समितिले चाँडै योग्य उम्मेदवारको सूची प्रकाशित गरिनु पर्ने र उनीहरूको नोकरी पुनः बहाल गर्ने माग गर्दै आज सिलगढीमा भएको आन्दोलनमा सहभागिता जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *