स्टेट ब्याङ्क सुकेपोखरी शाखाका नयाँ प्रबन्धकलाई स्वागत

सुकेपोखरी : भारतीय स्टेट ब्याङ्क सुकेपोखरी शाखा प्रबन्धकको रूपमा स्थानन्तरण भएर आएका प्रणय शङ्खरलाई खदा लगाइ दिएर भव्य स्वागत जनाइयो। युवक संघ सुकेपोखरी, सुकेपोखरी व्यापारी सङ्गठननवदीप समाज साथै गोर्खा ग्राम सुधार समाजका पदाधिकारी तथा प्रतिनिधिहरू, मानेभञ्ज्याङ समष्टिका पूर्व सभासद उदय देवानको तर्फबाट खदा लगाइ दिँदै तिनलाई भव्य स्वागत जनाइयो। प्रबन्धक शङ्खर मिरिक शाखाबाट सरूवा भएर सुकेपोखरी शाखामा आएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *