स्टेला राईलाई चिकित्साको लागि समाज सेवक बिक्की राणाद्वारा आर्थिक सहयोग

बिजनबारी: प्रार्थना गर्ने ओंठभन्दा सेवा गर्ने हात महान हो भन्ने भनाईलाई आत्मसात् गर्दै समाज सेवामा दिन-रात लागिपरेको मेरिबोङका समाजसेवक बिक्कल राणाको सामाजिक कार्य जारी छ। यसै क्रममा तिनी अनि तिनको टोलीले सिंगताम चियाबारी निवासी 6 महिनाको स्टेला राईलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरेका छन। स्टेला राई एक गम्भीर बिमारी जो जन्मिँदा नै मलद्वार नभएर पाईखाना मुत्रद्वारबाट नै निस्कासन हुने भएकोले नानीले जटिल समस्या भोगिरहेको छ। यसको साथै डाक्टरी परामर्श अनुसार अपरेसन चाँडै गर्नुपर्ने भएकोले तिनलाई आर्थिक सहयोगको खाँचो परेको हुनाले बिक्की राणाले आर्थिक राशि प्रदान गरेका छन्। तिनले सम्पूर्ण संघ-संस्थाहरुलाई पनि यो नानीको सहयोग गर्न अघि आइदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *