सुभाष चन्द्र बोसको रिम्बिकमा जन्मदिन पालन

रिम्बिक: आज भारतीय जनता पार्टीका महिला मोर्चाले सुभाष चन्द्र बोसको 125 औ जन्म जयन्ती पालन गर्यो। रिम्बिक सार्वजनिक भवनमा आयोजित कार्यक्रममा दार्जिलिङ जिल्ला कमिटी महिला मोर्चाको सभानेत्री शिवानी दियालीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य पार्टीबाट धेरैजना महिलाहरु भाजपामा सामेल भए। तिनीहरूलाई स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरियो। यस अवसरमा बिजनबारी मण्डल कमिटी सभानेत्री शनित्र तामाङ, सचिव बन्दना छेत्री, भाजपा राज्य कमिटी सदस्य बीएल राई, जिल्ला सचिव सरन मोथे, मण्डल निरीक्षक गोपाल बुढाथोकी, रिम्बीक शक्ति केन्द्र प्रमुख दावा भोटिया, मण्डल सहसचिव कुमार राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *