सूचना अनि सांस्कृतिक विभागद्वारा दिपक गजमेरप्रति श्रद्धाञ्जलि अर्पण

खरसाङ : जीटीएको सूचना एवम् संस्कृति विभागमा कार्यरत् तबला वादक दिपक गजमेरप्रति श्रद्धाञ्जलि अर्पण गर्न सूचना एवम् संस्कृति विभाग खरसाङ महकुमा कार्यालयमा यसका प्रभारी गोविन्द छेत्रीको अध्यक्षतामा आज शोक सभाको आयोजना गरियो। शोक सभामा वक्ताहरूले स्व. दिपक गजमेरलाई एक कुशल तबला वादक, मिलनसार र ईमान्दार व्यक्ति रहेको बताए। वक्ताहरूले दिपक गजमेरको आत्माले स्वर्गमा वास पाउन भनी प्रार्थना गर्दै यो दुःखको घड़ीमा शोकाकुल परिवारका सदस्यहरूले ईश्वरबाट सहने शक्ति प्राप्त गरून् भनी मौन धारण गरी प्रार्थना गरे। गत 17 मार्च 2022 मा निधन भएका दिपक गजमेर 2002 देखि सूचना एवम् सांस्कृतिक विभागमा कार्यरत थिए भने तिनले आफूपछि‌ दुई छोरा अनि एक छोरी छोडेर गएको विभागीय सूत्रले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *