सुकान्त नगर स्पोर्टिङ क्लब तथा एकत्रित नृत्य मञ्च-को तर्फबाट बसन्त आगमनी उत्सवको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको 38 नम्बर वार्डको सुकान्त नगर स्पोर्टिङ क्लबको परिचालनामा तथा एकत्रित नृत्य मञ्चको संयुक्त पहलमा आज बसन्त आगमनी उत्सव पालन गरियो। विभिन्न कार्यक्रमको माध्यमद्वारा बसन्त आगमनी उत्सव पालन गरियो। सिलगढीका मेयर गौतम देव तथा डेपुटी मेयर रञ्जन सरकारले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे।


यस अवसरमा 38 नम्बर वार्डका काउन्सिलर दुलाल दत्त लगायत अन्य उपस्थित थिए। नृत्य मञ्चका सुस्मिता मजुमदारले बताएअनुसार सुकान्त नगर स्पोर्टिङ क्लब एवम् एकत्रित नृत्य मञ्चको तर्फबाट आज बसन्त आगमनी उत्सवको आयोजना गरिएको हो। उक्त होलीको उत्सवले सबैको जीवनमा खुसी ल्याओस् भन्दै तिनले सबैलाई होलीको शुभकामना दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *