सुकेपोखरी : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत राङभाङ तारसिङ डाँड़ा, जौंबारी तथा गैरी गाउँ प्रशाखामा गोजमुमो विनय-अनित खेमाको पक्षबाट सेनिटाइज गरियो। समष्टि को-अर्डिनेसन कमिटी प्रमुख उदय देवानले मास्क, मशिन तथा सेनिटाइजको निम्ति औषधि उपलब्ध गराएकोले क्षेत्रमा दोस्रोपल्ट सेनिटाइज गरिएको तारसिङ डाँड़ा बुथ कमिटी सभापति शैलेन थापाले बताए। यसको साथै उदय देवानको पहलमा क्षेत्रमा बाटो निर्माण गरिएको उल्लेख गर्दै तिनले देवान तथा केन्द्रीय नेतृत्वप्रति आभार प्रकट गरे।