सुकेपोखरी क्षेत्रका कृषकहरू किविको खेतीप्रति आकर्षित

सुकेपोखरी : सुकेपोखरी खण्डको प्लुङदुङ रियाङ बस्तीका एकाधिक किसानहरूले हाल किवि फलको खेती गर्न थालेका छन्। यसको खेती 12 सयदेखि 25 सय मिटरसम्मको उचाइमा फस्टाउन सक्ने यसको खेती गर्ने अर्पण राईको जानकारी दिँदै तिनले नेपालको इलाम जिल्लाबाट सर्वप्रथम यसको विरुवा ल्याएको बताए। दुर्बल काण्डको लहरा हुने यसको खेती गर्न मचानको आवश्यकता पर्ने हुनाले विरुवा रोप्दा विशेष सतर्कता अप्नाउनु पर्ने तिनले बताए। जैविक तत्व अधिक भएको कालो माटोमा यसको खेती राम्रो हुन सक्ने तिनले जानकारी दिँदै पानी जम्ने र चिसो ठाउँमा बोट कुहेर जाने बताए। किवी उत्पादनबाट सन्तोषजनक आय आर्जन गर्न सकिने तिनको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet