सुकेपोखरी खण्ड स्वास्थ्य विभागका बीएमओएच-लाई कोभिड भ्याक्सिनबारे ज्ञापन पत्र

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा दुई पोख्रेबुङ चामोङ 15 नम्बर समष्टि संयोजक नोवल बम्जनको निर्देशमा प्रतिनिधि टोलीले सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रका बीएमओएच-सित भेट गरेर कोभिड भ्याक्सिन व्यवस्थापन बारे ज्ञापन पत्र बुझायो। ज्ञापनमा कोभिड भ्याक्सिको आवेदन गरेर भेयाक्सिन लगाउन जाँदा मानिसहरूलाई धेरै समस्या हुने गरेको बताउँदै यो प्रक्रिया बन्द गरियोस् अनि ग्राम पञ्चायत स्तरमा नै टीकारणको व्यवस्था गरिनुपर्ने अनुरोध गरिएको छ। महामारीले गर्दा गाड़ी भाड़ासँगै अन्य सामानको मूल्यमा समेत वृद्धि भएकोले कतिपय मानिसहरू मर्कामा परेको विनोभा ओझाले बताए। हाल टीकाकरण सबैको लागि अति आवश्यक रहेको बताउँदै तिनले पञ्चायत स्तरमा व्यवस्था गर्न सकिए सबै लाभान्वित हुने बताए। तथापि यसलाई लिएर कसैले पनि राजनीति नगरीदिने तिनले अपिल गरेका छन्। यसको साथै दैलोमा सरकार शिविरमार्फत् गरिने विकाशमुखी, स्वास्थ्य, शिक्षामुखी लगायत सम्पूर्ण कार्य सूचारू रूपले सञ्चालन गरिदिने कुरा ज्ञापन पत्रमा उल्लेख रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *