सुकेपोखरी : विश्व प्लास्टिक मुक्त दिवसको अवसरमा अनुज्ञालय डीएसएसएस दार्जिलिङको जागृति चिल्ड्रेन क्लबले स-साना नानीहरूलाई लिएर फ्याँकिएको प्लास्टिकका बोतल तथा अन्य सामग्रीको कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे जनचेतना कार्यक्रम सम्पन्न गऱ्यो। यस कार्यक्रम अन्तर्गत प्लास्टिकको बोतलबाट कसरी उपयोगी सामग्री बनाउन सकिन्छ भन्नेबारे जानकारी गराइयो। यसको साथै प्लास्टिकको प्रयोगले पर्यावरणमाथि हुने खतराबारे पनि अवगत गराइयो। अर्कोतिर, जागृति तथा नवोदय चिल्ड्रेन क्लबले संयुक्त रूपमा पोस्टरिङ गर्यो।
