सुकेपोखरी प्लुङदुङको एकजना व्यक्ति क्वारेन्टाइन अवधि समाप्त गरेर फर्किए घर  

सुकेपोखरी : सुकेपोखरी खण्ड अन्तर्गत पर्ने प्लुङदुङ गैरी गाउँको क्वारेन्टाइन सेन्टरमा 14 दिनको अवधि समाप्त गरेपछि विद्याप्रसाद खतिवड़ालाई आज क्वारेन्टाइन मुक्त गराइयो। तिनी रोजगारको सिलसिलामा नेपालको धादिङमा बस्ने गर्थे। उक्त क्वारेन्टाइन अवधि उचित हेरचाह तथा सहयोग पुर्‍याएकोमा तिनले समाज, प्लुङदुङ तरूण संघ, प्रशासन, गोजमुमो विनय खेमा तथा स्वास्थ्य विभाग र आशाकर्मीहरूप्रति आभार प्रकट गरे। गोजमुमो सुके मानेभञ्ज्याङ समष्टि अध्यक्ष बुद्ध तामाङ, स्वास्थ्य विभागीय कर्मचारीहरू तथा गाउँलेहरूको उपस्थितिमा 14 दिनको क्वारेन्टाइन अवधि पुरा गरेकोमा तिनलाई सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *