सुकेपोखरी: युवक सङ्घ सुकेपोखरीले कोभिड 19-को महामारीमा हाल सर्वसाधरणको सुविधाको निम्ति सुके पोखरी खण्ड स्वास्थ्य केन्द्रमा एम्बुलेन्स भ्यान प्रदान गरे। जोरबङ्लो सुकेपोखरी खण्ड विकाश अधिकारी समिरूल ईस्लाम, सुके पोखरी थाना प्रभारी सुदीपकुमार विश्वास, सुके खण्ड मेडिकल अफिसर बुद्धदेव विश्वास आदिको उपस्थितिमा युवक सङ्घका सचिव रमेश राई, महेन्द्र सिञ्चुरी, अनुप दास, बच्चु प्रसाद तथा अन्यले एम्बुलेन्स हस्तान्तरण गरे।