सुके पोख्रेबुङ क्षेत्रका बुथहरूमा शान्तिपूर्ण रूपमा चुनाउ सम्पन्न

सुकेपोखरी : सुके पोख्रेबुङ क्षेत्रमा पाँचौ चरणको विधानसभा चुनाउ शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ। सुके मानेभञ्ज्याङ समष्टिमा मोठ 33 वटा बुथ रहेको छ, जसमा 19 हजार मतदाता छन्। यसैगरी, पोख्रेबुङ चामोङ समष्टिमा 14 वटा बुथ रहेको छ भने नागरी धजे समष्टिमा 15 वटा बुथ रहेको छ। यस समष्टिमा लगभग 13 हजार मतदाताहरू छन्। तीनवटै समष्टिको सम्पूर्ण बुथहरूमा कठोर सुरक्षा व्यवस्था बीच मतदान सम्पन्न भइरहेको छ। यसको साथै कोभिड 19-को प्रोटोकल अप्नाउँदै मास्क सेनिटाइजर र पञ्जाको व्यवस्था गरिएको छ भने शरीरको तापमान नाप्ने थर्मल स्क्यानरको पनि प्रबन्ध मिलाइएको छ। सबै बुथहरूमा निर्धारित समयमा नै मतदान शुरू गरियो भने कतिपय ठाउँहरूमा पानी परेकोले गर्दा केही असुविधा भएको देखियो। समग्रमा भन्नुपर्दा हालसम्म सौहार्दपूर्ण रूपमा मतदान सम्पन्न भइरहेको छ। गोर्खा जनमुक्ति मोर्चा विनय खेमा सुके मानेभञ्ज्याङ समष्टि समन्वय समिति अध्यक्ष उदय देवानले सबै मतदाताहरूलाई मतदान गरेकोमा आभार प्रकट गरे। यसैगरी, गोजमुमो विनय खेमा नागरी धजे समष्टि अध्यक्ष अञ्जुल चौहान तथा गोजमुमो नागरी फार्म शाखा संयोजक गोपी थापाले पनि सबै मतदाताहरूलाई  धन्यवाद प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş