रंगटङ्ग : आज लगभग 11 बजेतिर सुकना र रंगटङ्गमाझमा एउटा ठुलो रुख ढलेर एनएच 55 पूर्ण रूपमा बन्द भएको छ। उक्त रुख ढल्दा तीनधारे क्षेत्रबाट सिलगढ़ीतर्फ गइरहेको सबै वाहनहरू रोकिएको छ भने सिलगढीबाट एनएच 55 भएर आउने सबै वाहनहरू रोकिएको छ।
रुख लडेर सड़क बन्द भएपछि दुवैपट्टिको वाहनहरू सबै जाममा फँसेको छ। समाचार लेखिञ्जेलसम्म उक्त ढलेको रुख हटाएको थिएन। तथापि हाल सडकबाट रुख हटाइने कार्य जारी रहेको बताइएको छ।