सुनको दोकानबाट गर-गहना चोरी गर्ने सेल्समेन पक्राउ

सिलगढी : चोरी भएको 24 घण्टा नबित्दै पानीट्याङ्की आउटपोस्ट पुलिसलाई ठुलो सफलता हात लागेको छ।  प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 40 नम्बर वार्डस्थित इस्कन रोड निवासी मनोज बसाक केही वर्ष अघिदेखि एउटा सुनको दोकानमा सेल्समेनको रूपमा काम गर्दैआइरहेका थिए। उक्त व्यक्तिले केही महिनादेखि दोकानबाट सुन चोरी गरेको दोकानका मालिकले आरोप लगाएका छन्। चोरी गरेको सुनको बजार मूल्य लगभग 27 लाख रुपियाँ रहेको बताइएको छ।


हिजो दोकान मालिकले पानीट्याङ्की आउटपोस्टमा यसबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले जाँच गर्दै चोरी भएको 24 घण्टा नबित्दै आरोपी मनोज बसाकलाई पक्राउ गरेको छ। पुलिसले तिनीबाट सुनको केही गर-गहनाहरू मात्र उद्धार गरेको छ भने अन्य रहल चोरी गरेको सुनको समान फेला पारेको छैन। आरोपी मनोजलाई आज अदालतमा पेश गरेपछि 7 दिनको पुलिस हिरासतमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/