सुष्मा प्रधानद्वारा जिङलाम हाई स्कुललाई भूमिदान

जिङलाम: जीटीए प्रशासनमार्फत जिङलाम उदय उच्चतर माध्यमिक विद्यालयको भवन पुन: नव निर्माण भइरहेको छ। तर नयाँ भवन निर्माणको निम्ति विद्यालय परिवारसित पर्याप्त जमीन नहुँदा विद्यालयका प्रधानाध्यापक लगायत सञ्चालन समिति विगत धेरै समयदेखि जमीन विषयलाई लिएर चिन्तित थिए। विद्यालय भवनसित संलग्न क्षेत्रमा रहेका जमीनको मालिकसित विद्यालय परिवारले बारम्बार जमीनदानको निम्ति अपिल गरिरहेको थियो। त्यसै सन्दर्भमा जमीनका मालिक सुष्मा प्रधानसित विद्यालय सञ्चालन समिति, प्रधानाध्यापक अनि शिक्षक-शिक्षकाहरूले विगत केही दिन अघि दुइईवटा सभा गरेका थिए। उक्त दुवै सभाहरू फरलरहित भएकोले विद्यालय पक्षमा एक प्रकारले नैरास्यता छाइसकेको थियो। सुष्मा प्रधानले सम्बन्धित जमीन आफ्नो सासु-ससुराको पसिनाले सिँचेको पुर्खौली भूमि रहेको भन्दै विना रकम उक्त जमीन विद्यालयलाई पटक्कै नदिने बारम्बार दाबी गर्दै आइरहेकी थिइन्। तिनले उक्त जमीनको निम्ति एक लाख रूपियाँसम्म रकम तोकेकी थिइन् तर सुष्मा प्रधान पुन: विद्यालयमा तेस्रो पटक आएर विद्यालय सञ्चालन समितिका सभापति, सचिव लगायत प्रधानध्यापक सित जमीन सम्बन्धित सभा गरिन्। अन्तमा विद्यालय पक्षलाई आश्चर्यचाकित पार्दै तिनले आफ्नो सासु स्व: नरमाया प्रधान अनि ससुरा स्व: सेतु प्रधानको नाममा श्रद्धाञ्जली स्वरूप जमीन विद्यालयलाई प्रदान गरिन्। उनले अझ भनिन् “ईश्वरको थाल कहिले खाली नराख्नु रे, त्यसैले म विद्यालयबाट लिएर होइन दिएर जान चाहन्छु” भन्दै सुष्मा प्रधानले प्रधानाध्यापकलाई खदार्पण गरेर एउटा खाम प्रदान गरिन्। उक्त खामभित्र रकम एघार सय एक रूपियाँ थियो। त्यस अतिरिक्त विद्यालय सञ्चालन समितिले सभाबीच सुष्मा प्रधानले जिङलाम उदय उच्चतर माध्यमिक विद्यालयप्रति भूमिदान गरेकोमा हर्ष व्यक्त गर्दै आभार प्रकट गरे। अब विद्यालयको किचन घरलाई स्व: नरमाया प्रधान अनि स्व: सेतु प्रधानको नाममा राखिने अन्तिम निर्णय लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes