स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धनबारे कार्यक्रम

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको आयोजनामा महानदीको तीरसठ पाखास्थित सार्वजनिक भवनमा स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा तारानाथ शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित थिए। पञ्चायतकर्मी राजीव तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण खरसाङ खण्डको अतिरिक्त खण्ड विकास अधिकारी पेमा डोमा डुक्पाले राखेका थिए।


कार्यक्रममा विभिन्न साङ्गीतिक कार्यक्रम लगायत कविता, नाटक र विभिन्न विषयमा सचेतना कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सभासद नवराज छेत्रीले स्वच्छ भारत मिशन अन्तर्गत फोहोर मैला प्रबन्धन विभाग अन्तर्गत खरसाङमा आफ्नो सातवटा समष्टिलाई तक्निकी र आर्थिक रूपमा सहयोग गरेर अघि लैजाने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *