कालेबुङ: स्वच्छ भारत मिशन अन्तर्गत पोस्ट अफिस विभागको कालेबुङ शाखाद्वारा आज सफाई अभियान सम्पन्न गरियो। कालेबुङ पोस्ट अफिस कार्यालयका सबै कर्मचारीहरूले आज आफ्नै कार्यालय अनि यसको परिसरमा सफाई अभियान चलाए। स्वच्छ भारत मिशन अन्तर्गत विभागद्वारा उक्त अभियान सम्पन्न गरिएको बताइएको छ। यस सपाई अभियान अवधि डाक घरको कार्यालयको परिसरमा धेरै समयदेखि जंगल भएको झारपातहरूको साफ-सफाई गरेर स्वच्छ र सुन्दर बनाइने कार्य गरियो। आफ्नो गाउँ-घर, आफ्नो ठाउँ हामी आफै सफा राखौं भन्ने सन्देश दिनको लागि पनि उक्त सफाई अभियान गरिएको पोस्ट मास्टर पारस थापाले बताएका छन्।
