स्वनिर्भर दलहरूको पाँच दिने सृष्टि श्री मेला हुने, मेलामा सामग्रीहरू बिक्री अनि प्रदर्शनीमा राखिने  

मिरिक: मिरिक महकुमाको स्वनिर्भर दलहरूलाई स्वनिर्भरको दिशामा अग्रसर गराउने उद्देश्य लिएर मिरिक खण्ड विकास कार्यालयको पहलमा आगामी 24 देखि 28 मार्चसम्म पाँच दिने सृष्टि श्री मेलाको आयोजना गरिने भएको छ। यसबारे मिरिक खण्ड विकास अधिकारी विप्लव कुमार रोयले जानकारी दिँदै उक्त मेलामा स्वनिर्भर दलहरूले तयार पारेका विभिन्न सामग्रीहरू बिक्री अनि प्रदर्शनीमा राखिने छ। यहाँको स्वनिर्भर दलहरूलाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले नै उक्त मेलाको आयोजना गरिने भएको बीडीओ रोयले बताएका छन्। उक्त मेलामा मिरिक महकुमाको सबै स्वनिर्भर दलहरूले सहभागी जनाउने भएको छ भने मेलालाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित विभागले तयारी शुरू गरिसकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *