सिलगढी : तृणमूल छात्र परिषदले यादवपुर विश्वविद्यालयका विद्यार्थी स्वप्नदीपको मृत्युको घटनाको प्रतिवाद जनाउनको साथै शोक सभाको आयोजना गर्यो। आज उत्तरबंग विश्वविद्यालयको प्रशासनिक भवनअघि शोक सभाको आयोजना गरियो। तृणमूल छात्र परिषदका सदस्यहरूले आज स्वप्नदीपको तस्वीरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरे। उत्तर बङ्गाल विश्वविद्यालयको तृणमूल छात्र परिषद्का इन्चार्ज मिथुन वैश्यले भने, स्वप्नदीपको मृत्युमा लाल झण्डा पार्टीको प्रत्यक्ष सहयोग रहेको साथै पक्रा परेकाहरू लाल झण्डासँग संलग्न रहेको आरोप लगाए। उत्तर बंगाल विश्वविद्यालय जादवपुरभन्दा धेरै अन्तर छ। प्रशासनले विश्वविद्यालयमा र्यागिङमा रोक लगाउनको लागि कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।