स्वर्गीय बुद्धदेव भट्टाचार्य र सीताराम येचुरीको स्मृतिमा 19 सितम्बर सिलगढीमा स्मरण सभा

सिलगढी,14 सितम्बर (निसं): पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य अनि सीपीएम-का महासचिव सीताराम येचुरीको स्मृतिमा सिलगढीमा स्मरण सभाको आयोजना गरिने भएको छ। उक्त स्मरण सभा आगामी 19 सितम्बर, अपरान्ह 3 बजे सिलगढीको दीनबन्धु मञ्चमा आयोजना गरिने छ। दार्जिलिङ जिल्ला वामफ्रन्टका संयोजक जिवेश सरकारले आज सिलगढीको अनिल विश्वास भवनमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। यस अवधि दार्जिलिङ जिल्ला वामफ्रन्टका सचिव तथा पूर्व सांसद समन पाठक पनि उपस्थित थिए। उक्त स्मरण सभामा राज्य सचिव मोहम्मद सलीम पनि प्रमुख रूपमा उपस्थित रहने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *