स्वास्नीको हत्या गर्ने लोग्नेलाई अदालतले सुनायो फाँसीको सजाय

सिलगढी,11 दिसम्बर: स्वास्नीलाई हत्या गरेको आरोपमा दोषी ठहर गर्दै लोग्नेलाई जलपाइगढी थर्ड एडीजे अदालतले फाँसीको सजाय सुनाएको छ। लगभग 5 वर्षसम्म यो मुद्दा कोर्टमा चलेपछि मंगलवार अदालतले आरोपीलाई सजाय सुनाएको हो।
स्मरण रहोस्, 2019, अप्रेल महिनामा सिलगढीको आशिघरस्थित चयनपाडा निवासी लता दासको मृत शरीर सेफ्टी ट्याङ्क भित्रबाट फेला परेको थियो। स्वास्नीलाई हत्या गरेको आरोपमा पुलिसले लोग्नेलाई पक्राउ गरेको थियो। त्यसपछि यो मुद्दा जलपाइगढी थर्ड एडीजे अदालतमा चलिरहेको थियो। घटनाबारे 19 जनाको बयान पछि 5 वर्षसम्म मुद्दा चल्ने क्रममा आरोपी लोग्ने गोपाल दासलाई फाँसीको सजाय सुनाएको हो।
सिलगढी मेट्रोपोलिटन पुलिसका डीसीपी राकेश सिंगले पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *