सिलगढी : सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यले स्वास्नीको स्मृतिमा एउटा विशेष पहल गर्ने भएको छ। स्मरण रहोस्, लगभग एक वर्ष अघि सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यको स्वास्नी रत्ना भट्टाचार्यको निधन भएको थियो। माकपा-का दिग्गज नेता अशोक भट्टाचार्यले विभिन्न सामाजिक गतिविधिहरूको माध्यमद्वारा आफ्नी स्वास्नीको स्मृतिलाई जीवित राख्न चाहन्छन्। यसैले गर्दा आगामी 30 अक्टोबरको दिन श्रद्धाञ्जलि समारोहको आयोजना गरिने भएको छ। समाजका विभिन्न स्तरका युवतीहरूको मानसिकता विकसित गर्ने उद्देश्यले तिनले केही पहल गरेका छन्। आज अशोक भट्टाचार्यले पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार युवतीहरूको सर्वाङ्गीण विकास लगायत वैज्ञानिक मानसिकता बढ़ाउने उद्देश्यले केही पहल गरिनेछ। यसको साथै वर्षको विभिन्न समयमा युवती तथा नानीहरूको लागि स्वास्थ्य शिविरको आयोजना पनि गरिने तिनले बताए।
