सिलगढी : सिलगढीमा एकपल्ट फेरि स्वास्थ्य साथी कार्डलाई लिएर अन्योलता छाएको छ। सिलगढीको एउटा नर्सिङ होमले राज्य सरकारद्वारा जारी स्वास्थ्य साथी कार्ड रहे तापनि रोगीको परिवारका सदस्यहरूबाट रुपियाँ लिएको मामिला अघि आएको छ। सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत पर्ने देवीडाङ्गा इलाकास्थित एउटा नर्सिङ होमविरुद्ध उक्त आरोप उठेको छ। दिनहाटा निवासी रोगीको आफन्ता अर्जुन दासको आरोप अनुसार गत चार दिनअघि किडनीको समस्याले पीडित रोगीलाई नर्सिङ होममा भर्ना गरेपछि अस्पताल प्रबन्धनसमक्ष स्वास्थ्य साथी कार्ड पनि जम्मा गरेका थिए। यसपछि अस्पताल प्रबन्धनले तिनीहरूबाट दुईवटा अपरेशनको नाममा 80 हजार रुपियाँ माग गरेपछि तिनीहरूले 50 हजार रुपियाँ जम्मा गरेका थिए। गत 19 जनवरीमा रोगीको अपरेशन भएपछि नर्सिङ होमले रहल राशिको माग गरिरहेको अर्जुन दासले बताए। स्वास्थ्य साथी कार्ड रहे तापनि रोगीको परिवारका सदस्यहरूबाट अस्पताल कर्तृपक्षले किन रुपियाँ लिइरहेको छ भन्नेबारे आफूलाई थाहा नभएको तिनले बताए। नर्सिङ होमले चिकित्साको नाममा तिनीहरूबाट रुपियाँ ठगिरहेको तिनले आरोप लगाएका छन्। अर्कोतिर, नर्सिङ होमका डाइरेक्टर बालेश्वर मण्डलले बताएअनुसार रोगीका आफन्ता अर्जुन दासले लगाएको सबै आरोपहरू निराधार रहेको साथै रोगी दिनानाथ दासको स्वास्थ्य साथी कार्ड तीन दिनपछि अस्पताल प्रबन्धककहाँ जम्मा गरेको हो। रोगीलाई भर्ना गर्ने समयमा नै स्वास्थ्य साथी कार्ड जम्मा गर्नुपर्ने साथै उक्त अस्पताल सी ग्रेड-मा पर्ने भएकोले स्वास्थ्य साथी कार्ड अन्तर्गत कुनै गम्भीर तथा ठुलो अपरेशन हुँदैन भनी तिनले बताए। अर्कोतिर, यस विषयमा सिलगढी सांगठनिक जिल्ला भाजपा सचिव आनन्दमय बर्मनले राज्य सरकारले प्रदान गरेको स्वास्थ्य साथी कार्डले मानिसहरूलाई दिग्भ्रमित गरिरहेको आरोप लगाउँदै उक्त कार्डबाट कुनै प्रकारको फाइदा नहुने तिनले बताए। यसैगरी, सिलगढी सांगठनिक जिल्ला भाजपाको उपाध्यक्ष सबिता अग्रवालले आरोप लगाएअनुसार राज्य सरकारले स्वास्थ्य साथी कार्डमार्फत् आफ्नो राजनीतिक फाइदा उठाइरहेको छ। स्वास्थ्य साथी कार्डले कुनै प्रकारको फाइदा नपाएपछि अन्तमा मानिसहरू भाजपा सरणमा परिरहेको तिनले बताइन्। भाजपाले सदैव यस्ता आवश्यकमन्द मानिसहरूलाई सहयोग पुर्याइरहेको साथै भविष्यमा पनि सहयोग पुर्याउने तिनले बताइन्।