स्वयम्‌सेवी संस्थाद्वारा मानिसहरूलाई लगाइदिए रुखको विरुवा भएको राखी

सिलगढी : रक्षा बन्धनको अवसरमा आज सिलगढीको एउटा स्वयम्‌सेवी संस्थाका सदस्यहरूले छुट्टै प्रकारले रक्षा बन्धन पालन गरे। तिनीहरूले रुखको विरुवा रहेको राखी साधारण मानिसहरूलाई लगाइ दिँदै पर्यावरणबारे जागरूक पनि गराए।


संस्थाका सदस्यहरूले आज सिलगढीको बाघाजतीन पार्क अघि सडकमा आवत-जावत गर्ने मानिसहरूलाई रुखका विरुवा भएको 300 वटा राखीहरू लगाइदिँदै ती रुखका विरुवाहरू घरमा लगेर रोप्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *