स्वयम्‌सेवी संस्थाद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : कोरोना महामारीको समयमा सिलगढीको अस्पतालहरूमा रगतको संकट देखापरेकोले यसको कमी दूर गर्ने उद्देश्य लिएर सिलगढी प्रचेष्ट ग्रुप नाम गरेको स्वयम्‌सेवी संगठन अघि आएको छ। उक्त संगठनको तर्फबाट आज सिलगढी नगरनिगमको 18 नम्बर वार्डको राणा बस्तीमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविर दुईजना महिलासहित 18 जनाले रक्तदान गरे भने शिविरमा संग्रह गरिएको रगत सिलगढी जिल्ला अस्पतालमा पठाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *