सिस्टमको कुरा गर्नेहरूले सिस्टमलाई ताकमा राखेर काम गर्दा श्रमिकहरूले दुख पाइरहेको छ: जतन राई

दार्जिलिङ: सिस्टमको कुरा गर्नेहरूले सिस्टमलाई ताकमा राखेर काम गर्दा चिया श्रमिकहरूले दुख पाइरहेको श्रमिक नेता जतन राईले बताए। जोइण्ट फोरमको वरिष्ठ कार्यकर्ता एवम् श्रमिक नेता जतन राईले बताएअनुसार गत 8 दिसम्बरको दिन जीटीए मुख्यलय लाल कोठीमा सत्ता पक्षको श्रमिक संगठन, जीटीए सभाको पदाधिकारी अनि मालिक पक्षहरूमाझ रागेरूङ चिया बगान, पान्दाम चिया बगान लगायत चारवटा चिया बगानहरूमाथि किनवेचको     सम्झौता भएको थियोजसमा यी चारवटा चिया बगानहरू श्री नारायणी कम्पनीले लिएका थिए तर 45 दिन नपुग्दै यी चिया बगानहरूमा कार्यरत श्रमिकहरूलाई विचल्नी पारेर मालिकवर्ग निखोज रहेको श्रमिक नेता राईले बताएका छन्। गत 8 दिसम्बर 2022 मा जीटीए मुख्यलय लाल कोठीमा बन्सल ग्रुप अधीनस्थ चारवटा चिया बगानहरू रम्बुक सिर्डर, पान्दाम, रागेरूङ आलुबारी नागरी चिया बगानहरूलाई लिएर सम्झौता भएको थियो। आयोजित सम्झौता सभामा सम्बन्धित विभागीय अधिकारीहरूको अनुपस्थितिको कारणले गर्दा त्यसलाई जोइण्ट फोरमले अवैध ठहराउँदै सभामा अंश ग्रहण नगर्ने निर्णय लिएको थियो अनि यो कुरा हामीले जीटीएको प्रमुख कार्यपालको ओएसडी-लाई जानकारी पनि गराएका थियौँ। सत्ताधारी पार्टीको श्रमिक संगठनद्वारा आयोजित सभामा चारवटा चिया बगानहरू नयाँ कम्पनीले लिएको मिडिया कर्मीहरूलाई पनि जानकारी गराएका थियौँ। चारवटा चिया बगानहरू नयाँ कम्पनीले लिएको केवल 45 दिन नपुग्दै ती चिया बगानहरू कार्यरत श्रमिकहरूलाई लथालिङ बनाएर मालिकवर्ग निखोज बनेको छ। यी चिया बगानहरूको ताजा स्थितिले  उक्त सम्झौता चिया श्रमिकहरूको आखाँमा धुलो हाल्ने काम मात्र गरेको थिएछ भन्ने स्पष्ट भएको छ।


मालिकवर्ग निखोज भएपछि बगानमा कार्यरत श्रमिकहरूमा चहलपहल मच्चिन थालेपछि सत्ता पक्षको श्रमिक संगठनले हिजो शुक्रबार राज्यको श्रम मन्त्री मलय घटकलाई पत्रचार गरेको छ। उक्त पत्रमा श्रम मन्त्री समक्ष हस्तक्षेपको माग गरेको श्रमिक नेता राईले बताए। चिया उद्योग वर्तमान स्थितिमा सोचनीय अवस्थामा उभिएको छ, चिया बगानहरू उचित र नियमित रूपमा सञ्चालन गरिनुपर्छ भन्ने सोच र विचारहरू लिएर नै हामीले 1 दिसम्बर 2022 -मा राज्यको श्रम मन्त्री मलय घटकलाई पत्रचार गरिसकेका थियौँ। राज्यको श्रम मन्त्रालयले जीटीएद्वारा आयोजित सभालाई अमान्य गर्दै 12 दिसम्बर 2022-को दिन 1 बजी बन्द चिया बगानहरूमाथि छलफल गर्न बैठक बोलाएको थियो अनि श्रम मन्त्रालयद्वारा पठाएको पत्रमा नयाँ कम्पनीको कुनै उल्लेख गरिएको थिएन भनी श्रमिक नेता राईले बताए। सत्ता पक्षको श्रमिक संगठनले केवल आखाँमा धुलो हाल्ने काम मात्र गर्दै थियो भन्ने स्पष्ट भइसकेको थियो। गत 12 दिसम्बरको सभामा राज्यको श्रम मन्त्रालयको पक्षबाट पशुपति घोष उपस्थित रहेका थिए। आयोजित सभामा जीटीएद्वारा गरिएको    सम्झौतालाई गैर कानुनी रहेको बताएका थिए। सभामा श्री नारायण कम्पनीबारे कुनै जानकारी नभएको पनि खुलासा भएको थियो, यति मात्र होइन श्री नारायण कम्पनीको पक्षबाट कुनै अधिकारी उपस्थित समेत भएको थिएन। यसले स्पष्ट हुन्छ सत्ता पक्षको श्रमिक संगठनको साथीहरूले चारवटा चिया बगानहरूमा गैर जिम्मेवारी पूर्ण निर्णय लिएका थिए भनी श्रमिक नेता राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş