टी-20 क्रिकेट टुर्नामेन्ट: मिरिकलाई पराजित गरेर सिलगढी च्याम्पियन

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा सम्पन्न टी-20 क्रिकेट टुर्नामेन्टको फाइनल खेल आज खरसाङको भिक्टोरिया खेल मैदानमा सम्पन्न भयो। क्रिकेट खेलको फाइनलमा रेबल पिस मिरिकलाई पराजित गरेर सिलगढीको फेन्तम क्लब बन्यो च्याम्पियन। रेबल पिस मिरिकले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 20 ओभरमा 146 रन बनाएको थियो। 147 रनको लक्ष्यलाई सिलगढीको फेन्तम क्लबले 7 विकेट गुमाएर 19.4 ओभरमा नै पुरा गरेर ट्रफी हत्यायो। फाइनल म्याचमा 40 बलमा 51 रनको महत्वपूर्ण पारी खेल्ने किसन जसवाललाई म्यान अफ् द म्याच प्रदान गरियो। यसैगरी, फेन्तम क्लब सिलगढीका खेलाडी मनोज प्रसादलाई सबैभन्दा ज्यादा विकेट टेकर अनि मिरिकका खेलाड़ी रोहन गुरुङलाई म्यान अफ् द सिरिजको पुरस्कार प्रदान गरियो, जसले प्रतियोगितामा मोठ 189 रन बनाउनको साथै 3 विकेट हत्याएका थिए। फाइनल खेलमा बिजयी दललाई प्रमुख अतिथिको बाहुलीबाट ट्रफीसहित नगद 20 हजार अनि उप-विजेता दललाई ट्रफीसहित नगद 10 हजार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet giriş