सिलगढी,18 नोभेम्बर (निसं): ट्याब भ्रष्टाचार मामिलामा सिलगढीको नाम पनि सामेल भएको छ। लालबजार गुप्ताचार विभागले ट्याब भ्रष्टाचारमा सामेल रहेको आरोपमा सिलगढीबाट तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढीका दुई जना अनि एकजना चोपडा निवासी हुन्। दिवाकर दास, विशाल ढाली र गोपाल राय नामक तीन जनालाई आइतबार बेलुकी सिलगढीको सेभोक रोडबाट पक्राउ गरेको छ। दिवाकर चोपड़ा निवासी हुन्। तिनी पेशाले स्कूलका शिक्षक हुन्। ट्याबको रूपियाँ हिनामिना गर्नमा मास्टरमाइन्ड दिवाकर दास रहेको थियो।
दिवाकरको भाई विशाल ढाली समरनगरमा अनि ज्वाईं गोपाल राय पवित्रनगरमा बस्छन्। आइतबार बेलुकी तीनै जना समरनगरमा थिए। यसपछि तिनीहरू सबै सेभोक रोडमा एउटा शपिङ मल गएका थिए। पुलिसले तिनीहरूलाई मलबाट नै पक्राउ गरे। यसपछि राति नै तिनीहरूलाई कोलकाता लगियो। अर्कोतिर, घटनाको जानकारी पाएपछि परिवार अनि छिमेकीहरू अचम्मित भएका छन्।
North Bengal, Siliguri, Uncategorized
ट्याब भ्रष्टाचारमा सिलगढीको नाम सामेल, 3 जना पक्राउ
18
Nov
Nov