मिरिक: एनसीसी वेलफेयर कमिटी अनि एनएसएस नक्सलबारी कलेजले मिरिकको तराई क्षेत्र कोलाबाडी मोड निरजङ्ला बस्तीका 162 घर विपन्न परिवारलाई खाद्य सामग्रीहरू वितरण गऱ्यो। नक्सलबारी कलेजका एनसीसी क्याडेटहरू अनि एनएसएस-का विद्यार्थी प्रतिनिधिहरूले कलेजका प्रिन्सिपल डा. समिरेन्द्र सरकारको नेतृत्वमा महामारी सङ्कटको समयमा मानिसहरूलाई सेवा र सहायता पुऱ्याउने उद्देश्य लिएर तराईको निरजङ्ला बस्तीमा पुगेर आज खद्यान्न सामग्रीहरू वितरण गरे। यस अवसरमा कलेजका शिक्षण-अशिक्षण प्रतिनिधिहरू लगायत शारीरिक शिक्षा विभागका विद्यार्थीहरू पनि उपस्थित थिए ।
