मिरिक: छुट्टै ब्लक निर्माण समिति तराईको एउटा जनचेतना कार्यक्रम च्याँगाको सामुदायिक भवनमा समितिका अध्यक्ष चन्दन शर्माको अध्यक्षतामा अनि च्यागा इलाकाको सम्पूर्ण संघ-संस्था तथा समाजहरूलाई लिएर सम्पन्न भयो। कार्यक्रममा तराईमा छुट्टै ब्लक निर्माणको आवश्यकताबारे ब्यापक चर्चा परिचर्चा गरियो।
जका प्रतिनिधिहरूले सम्बोधन गर्दै ब्लक निर्माण बिषयमा आ आफ्नो बिचार प्रकट गर्दै आ-आफ्नो समाजको साथ, सहयोग र समर्थन यस समितिलाई रहेको धारणा प्रकट गरे। यता समितिको पक्षबाट अध्यक्ष चन्दन शर्मा, उपाध्यक्ष कल्याण थापा, सहसचिव महेन्द्र जैसी अनि कार्यकारी सदस्य शरण थापाले समिति गठनको उद्देश्य र औचित्य माथि प्रकाश पारे।
