तराईको लालपुल बाँधमा पर्यटकहरूको भीड

मिरिक : सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ। पर्यटकहरूको आकर्षणको केन्द्र बिन्दु बन्न थालेको लालपुल बाँधमा हाल दैनिक रूपमा सिलगढी लगायत विभिन्न स्थानबाट धेरै सङ्ख्यमा पर्यटकहरू घुम्न आउने गर्दछन्। लालपुल बाँधको आकर्षण लकडाउन शुरू भएपछि बढ्न थालेको छ। हाल लालपुल क्षेत्रका मानिसहरूलाई रोजगारको एउटा आधार लालपुल बाँध बनेको छ। एकान्त अनि प्राकृतिक सौन्दर्यले आकर्षक ठाउँ त छँदैछ तर लालपुलमा बग्ने खोला अनि बाँधले सृजना गरेको झील अनि झरना यहाँको मुख्य आकर्षणको केन्द्र बनेको छ। लालपुल बाँधले अर्को पर्यटन स्थलको जग बसाल्न थालेको देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet