आलिपुरद्वार, 11 मार्चः चिया बगानमा काम गरिरहेको समय चितुवाले हमला गर्दा मंगलबार फालाकाटाको तासाटी चिया बगानमा एकजना महिला श्रमिक घाइते भएका छन्। घटनाले चिया बगान इलाकामा आतङ्क फैलिएको छ।
जानकारी अनुसार, घाइते श्रमिकको नाम दुखुनी मुन्डा हो। आज बिहान उनी अन्य श्रमिकहरूसँग चिया बगानमा काम गरिरहेको समय अचानक एउटा चितुवा चिया बगानको झाडीबाट आएर महिला माथि हमला गर्दा उनी घाइते भइन्।
महिला चिच्याएको सुनेर अन्य श्रमिकहरू दौडेर आए। त्यसपछि घाइते महिलालाई उद्धार गरेर तासाटी चिया बगानको अस्पतालमा प्राथमिक उपचारका लागि पठाइयो। पछि उनलाई त्यहाँबाट वीरपाडा अस्पतालमा लगिएको छ।
